स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

काठमाडौंः गोकर्णेश्वर नगरपालिका-९ शिवपुर चोकमा शनिबार साँझ स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको बिहार घर भई हाल गोकर्णेश्वर-९ अत्तरखेल बस्ने ३८ वर्षीय वीरेन्द्र महतो रहेका छन्।
बा६५प ५३५२ नम्बरको स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका महतोको उपचारको क्रममा अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ।
हिजो साँझ सवा ७ बजे भएको दुर्घटनामा संलग्न स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
माघ १६, २०७८ आइतबार ०९:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।