सभामुखले स्थगित गरे कार्यव्यवस्थाको बैठक 

सभामुखले स्थगित गरे कार्यव्यवस्थाको बैठक 

काठमाडौं : सभामुख अग्नि सापकोटाले आइतबार बिहान ११ बजेका लागि बोलाएको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित गरेका छन्।

सभामुख सापकोटाको निजी सचिवालयले बिहान ११ बजे बस्ने गरी बोलाइएको कार्यव्यवस्थाको बैठक स्थगित भएको जानकारी दिएको छ। 

आइतबार दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधि सभाको बैठक माघ २६ गते बस्ने गरी शनिबार नै सूचना प्रकाशित भएको थियो। 

माघ १६, २०७८ आइतबार ०८:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।