पहाडी भूभागको मौसम बदली, तराईमा हुस्सु र कुहिरो

काठमाडौं : देशका पहाडी भूभागको मौसम आंशिक बदली भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ।
दिउँसो प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागको मौसम आंशिक देखि सामान्य बदली हुने अनुमान विभागले गरेको छ।
विभागका अनुसार राती देशको उच्च पहाडी भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
माघ १६, २०७८ आइतबार ०७:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।