विमलको गोलले नेपालले हरायो मोरिससलाई

खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेका थिएनन्। खेलको ३५ मिनेटमा मोरिससले खेलमा अग्रता लिए पनि गोल गर्ने अवसरबाट चुक्यो ।
खेलको ४० औँ मिनेटमा नेपालका देवेन्द्र तामाङले डिबक्सभित्रबाट गरेको हेड बाहिरियो। सुमन लामाको पासमा विमलले ५५ औँ मिनेटमा नेपाललाई अग्रता दिलाए।
मोरिसस फिफाको १७२औँ स्थानमा छ भने नेपाल १६९औँ स्थानमा छ। नेपाल र मोरिससविचको यो पहिलो खेल हो।
माघ १५, २०७८ शनिबार १९:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।