स्थानीय तहको निर्वाचन मितिबारे गठबन्धनको बैठक

बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी र जनमोर्चा नेपालका नेताहरू सहभागी छन्।
शनिवार बिहान कानुनविद्सँगको छलफलमा उनीहरूले मिति नसार्न सुझाव दिएका थिए। देउवा पनि मिति नसार्ने पक्षमा छन्। तर प्रचण्ड र नेपाल भने मिति सार्ने पक्षमा देखिएका छन्।
निर्वाचन आयोगले यसअघि नै वैशाखमा निर्वाचन गर्न मिति प्रस्ताव गरिसकेको छ।
संविधानले स्थानीय तहका जनप्रतिनिधिको पदावधिको ५ वर्षको हुने व्यवस्था गरेको छ । तर, ऐनको व्यवस्थाबमोजिम आगामी जेठ ५ गते स्थानीय तह जनप्रतिनिधिविहीन हुनेछन्।
माघ १५, २०७८ शनिबार १७:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।