सत्ता गठबन्धनले चार बजे कानुनविद्हरूसँग छलफल गर्ने  

सत्ता गठबन्धनले चार बजे कानुनविद्हरूसँग छलफल गर्ने  

सरकारमा रहेका दलहरूले स्थानीय तह चुनावको मिति तोक्ने विषयमा शनिबार दिउँसो ४ बजे कानुनविद्हरूसँग छलफल गर्ने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। शनिबार बिहान बसेको सत्ता गठबन्धन दलको बैठकले दिउँसो ४ बजे कानुनविद्हरूसँग स्थानीय तह चुनावको विषयमा छलफल गर्ने समय निर्धारण गरेको श्रेष्ठले बताए। 

‘स्थानीय तह चुनावबारे गठबन्धन दलहरुबीच फेरि दिउँसो छलफल हुन्छ,’श्रेष्ठले उकेरासँग भने,‘मिति तोक्ने या नतोक्ने निर्णय कानुनविद्हरूसँग छलफलपछि टुङ्गो लाग्छ।’ निर्वाचन आयोगले २०७९ वैशाख १४ र २२ मा स्थानीय तहको चुनावको मिति तोक्न सरकारलाई प्रस्ताव गरेको छ। सरकारले भने निर्णय गरेको छैन। 

माघ १५, २०७८ शनिबार १२:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।