बुटवलमा कभर्डहल निर्माण गर्न ४६ लाख खर्च

नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दबहादुर काउचाले कराँते डो एकेडेमी कभर्डहल भवन ४६ लाख ३९ हजार बराबरको लागतमा निर्माण भएको जानकारी दिए।
निर्माण सम्पन्न भएको भवनमा कराँतेका विभिन्न इभेन्ट्सको प्रतियोगिता र प्रशिक्षण सञ्चालन गर्ने नगर प्रमुख शिवराज सुवेदीले बताए।
उपमहानगरपालिकाले बुटवल–१०, कालिकानगरमा कराँते एकेडेमीका लागि प्रशिक्षण हलसहितको भवन निर्माण गरेको छ।
क्रिकेट, फुटबल, कराँते, ब्याडमिन्टन, टेनिसलगायत विभिन्न आउटडोर र इन्डोर खेललाई लक्षित गरेर उपमहानगरपालिकाले ४० ठाउँमा बहुउद्देश्यीय खेलग्राम र खेलमैदान निर्माण गरिरहेको छ।
माघ १५, २०७८ शनिबार १०:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।