साप्ताहिक सेयर बजार : एक सातामा एक सय ५१ अङ्कले खस्कियो परिसूचक

साप्ताहिक सेयर बजार : एक सातामा एक सय ५१ अङ्कले खस्कियो परिसूचक

तर पछिल्लो एक साता भने नेपाली सेयर बजार एक सय ५१ भन्दा बढिले ओरालो लाग्यो। एक साताको बिचमा नेप्से परिसूचक नै १५१.६१ अङ्कले खस्कियो।

साताको पहिलो दिन आइतबारको कारोबारमा नेप्से परिसूचक १०.८३ अङ्कले घटेको थियो। नेप्से परिसूचक घट्यो तर सेन्सेटिभ इण्डेक्स ०.०६ अङ्कले बढेको थियो। कारोबार रकम सात अर्ब तीन करोड आठ लाख भयो।

दोस्रो दिनको कारोबारमा त पहिरो समानै गयो। एकै दिन नेप्से परिसूचक एक सय अङ्क हाराहारीले खस्कियो। सोमबार ९९.८६ अङ्कले नेप्से परिसूचक घटेर २ हजार ८२०.६५ बिन्दुमा आएर रोकियो। कारोबार रकम भने आठ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ रह्यो।

मङ्गलवार अलि बजार सम्हालियो। सोमबारको तुलनामा नेप्से परिसूचक सामान्य अङ्कले घट्यो। परिसूचक ५.५९ अङ्क घटेर २ हजार ८१५.०६ विन्दुमा आइपुग्यो। तर कारोबार रकम भने खस्कियो। मङ्गलवार पाँच अर्ब ३९ करोड ५६ लाख बराबरको कारोबार भयो।

नेप्सेको ‌ओरालो यात्रा रोकिएन। बुधवार ३८.४२ अङ्कले घट्दा परिसूचक २ हजार ७७६.६१ विन्दुमा पुग्यो। कारोबार रकम पनि चार अर्ब ३१ करोड ३१ लाखमा झर्यो।

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक केही सम्हालियो। परिसूचकमा सामान्य सुधार भए पनि यो साताको घाटा भने पुरा गर्न सकेन। बिहीबार परिसूचक ३.२९ अङ्कले बढेर २ हजार ७६९.९३ अङ्कमा पुगेको अड्कियो। कारोबार रकम भने तीन अर्ब ३४ करोड ३४ लाख पुग्यो।

गत बिहीबार परिसूचक ७३.५९ अङ्कले बढेर २ हजार ९३१.५९ विन्दुमा पुगेको थियो। यो बिहीबार २ हजार ७७९.९८ विन्दुमा पुगेर रोकियो।

माघ १४, २०७८ शुक्रबार १५:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।