नग्न भिडियो मागेर ब्ल्याकमेल गरेको आरोपित स्वदेश फर्किएकै दिन विमानस्थलमा पक्राउ

नग्न भिडियो मागेर ब्ल्याकमेल गरेको आरोपित स्वदेश फर्किएकै दिन विमानस्थलमा पक्राउ

यस्तै भएको छ शुक्रवार। विदेशमा बसेर सामाजिक सञ्जाल फेसबुकमार्फत साथी बनाएर नग्न तस्बिर र भिडियो माग्ने अनि पछि धम्क्याउने गरेको आरोपमा एक व्यक्ति शुक्रवार नेपाल फर्किए लगत्तै विमानस्थलबाटै पक्राउ परेका छन्।

कास्की रुपा गाउँपालिका-७ सिस्नेरीका ३१ वर्षीय मुक्ति भनिने मुक्तिनाथ खनालले फेसबुकबाट एक महिलालाई साथी बनाए। दुवैबिचको भर्चुअल सम्बन्ध निकट हुँदै गएपछि उनले महिलाको नग्न तस्बिर र भिडियोहरू माग्न थाले।

जब उनले महिलाको नग्न तस्बिर र भिडियोहरू पाए अनि महिलालाई धम्क्याउन थाले। उनले ती भिडियो र तस्बिर श्रीमानलाई पठाइदिन्छु अनि आफन्तलाई पठाइदिन्छु भन्दै महिलालाई मानसिक तनाव दिए।

उनले महिलालाई निरन्तर ब्ल्याकमेल गरेपछि महिलाले प्रहरीको साइबर अनुसन्धान ब्युरोमा उनी विरुद्ध जाहेरी दिएकी थिइन्। शुक्रवार उनी जब नेपाल फर्किए अनि प्रहरीले उनलाई विमानस्थलबाटै पक्राउ गरेर विद्युतीय कारोबार कसुरमा अनुसन्धान अगाडि बढाएको छ।

माघ १४, २०७८ शुक्रबार १५:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।