सत्ता-गठबन्धनका तीन शीर्ष नेताबीच बालुवाटारमा छलफल

कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच स्थानीय निर्वाचनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
तीन नेताबीच छलफल भए पनि स्थानीय निर्वाचनका बारेमा कुनै निष्कर्ष भने निस्किएन।
उनीहरुबीच हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनका विषयमा समीक्षा भएको र स्थानीय, र संघीय निर्वाचनका विषयमा पनि छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको सचिवालयले जनाएको छ।
आगामी वैशाखमा स्थानीय निर्वाचनको मिति तोक्न निर्वाचन आयोगले पटक पटक ताकेता गरिरहेको छ। तर संविधानलाई देखाउँदै सरकारले निर्वाचनको मिति तोक्न आनाकानी गरिरहेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने ऐनमा उल्लेख भएअनुसार वैशाखमा नै स्थानीय निर्वाचन गर्न दबाब दिइरहेको छ।
माघ १४, २०७८ शुक्रबार १२:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।