हल्का वर्षा र हिमपातको सम्भावना

हल्का वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुनेछ।

साथै सोही क्षेत्रका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।

माघ १४, २०७८ शुक्रबार ११:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।