इरान एसियाबाट सबैभन्दा अगाडि विश्वकपमा छनोट

बिहीबार राति भएको छनोट खेलमा इराकलाई १-० गोल अन्तरले पराजित गर्दै इरान विश्वकपमा छनोट भएको हो।
इरानलाई जिताउन मेहदी तारेमीले महत्वपूर्ण योगदान गरे। तेहरानस्थित आजादी स्टेडियममा उनले ४८औं मिनेटमा गरेको एक मात्र इरानलाई जित दिलाउन काफी भयो।
योसँगै इरान विश्वकपका लागि लगातार तेस्रो पटक छनोट भएको छ।
तेस्रो चरणको छनोट अन्तर्गत समूह ‘ए’ मा रहेको इरानले ७ खेलबाट अपराजित रहँदै १९ अंक जोडेको छ।
माघ १४, २०७८ शुक्रबार ०९:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।