विश्वकप छनोट : मेस्सी विनाको अर्जेन्टिनाले चिलीलाई हरायो

विश्वकप छनोट : मेस्सी विनाको अर्जेन्टिनाले चिलीलाई हरायो

अर्जेन्टिना कप्तान लियोनल मेसीविना नै मैदानमा उत्रिएको थियो।

शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाको जितमा एन्जल डि मारिया लाउटारो मार्टिनेजले गोल गरेका थिए। चिलीका लागि भने ब्रेरेटनले एक गोल गरे।

कतारमा हुने विश्वकप फुटबलमा अर्जेन्टिनाले यसअघि नै कतार यात्रा पक्का गरिसकेको छ।

दक्षिण अमेरिकी देशको विश्वकप छनोटको अंक तालिकामा ब्राजिल ३६ अंकसहित पहिलो स्थानममा छ भने दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको ३२ अंक छ।

माघ १४, २०७८ शुक्रबार ०८:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।