नेपाली कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

नेपाली कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछिको यो तेस्रो बैठक हो। उनले यसअघि दुई पटक केन्द्रीय समितिको बैठक बोलाइसकेका छन्।

बैठकमा स्थानीय तहको निर्वाचन र केन्द्रीय कार्यसम्पादन समिति गठनका विषयमा छलफल हुने कांग्रेसका एक केन्द्रीय सदस्यले बताए।

गत मंसिरमा महाधिवेशन सम्पन्न गरेको कांग्रेसले अहिलेसम्म कोषाध्यक्ष मनोनित गरेको छैन।

माघ १४, २०७८ शुक्रबार ०८:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।