आहा रारा गोल्डकप : मनाङ र एपिएफको फाइनल भिडन्त भोलि

हिजो बिहीबार सम्पन्न सेमिफाइनल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्बललाई टाइब्रेकरमा पराजित गर्दै मनाङले एपिएफसँगको फाइनल भिडन्त पक्का गरेको हो।
एपिएफले भने थ्रिस्टार क्लबलाई सेमिफाइनलमा हराएर यसअघि नै फाइनल यात्रा पक्का गरिसकेको थियो।
पोखरा रङ्गशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मनाङले विभागीय आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराएको थियो।
नियमित ९० मिनेट र थप गरिएको ३० मिनेटको समयमा समेत दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा मनाङले आर्मीलाई हराएर फाइनल प्रवेश गर्यो।
प्रतियोगिताको विजेताले १० लाख एक हजार रुपैयाँसहित ट्रफी र मेडल पुरस्कार पाउनेछन्।
यस्तै उपविजेताले पाँच लाख एक हजार र मेडल पुरस्कार पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगिताको उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ।
माघ १४, २०७८ शुक्रबार ०८:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।