राज्यमन्त्री तामाङका पिएसओ मृत भेटिए

राज्यमन्त्री तामाङका पिएसओ मृत भेटिए

धनगढी : सुदूरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री माया तामाङका ‘पर्सनल सेक्युरिटी अफिसर’ (पिएसओ) रमेशदत्त जोशी मृत फेला परेका छन्।

प्रहरी हवल्दार जोशी बुधबार आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनी धनगढी उपमहानगरपालिका– ३ मा रहेको आफ्नै घरमा मृत फेला परेका हुन्। जोशी आइतबारदेखि बिदामा बसेका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार श्रीमती र छोरासँगै बस्दै आएका जोशीकी श्रीमती माघ १० छोरा लगेर आफन्तको विहेमा गएपछि उनी एक्लै घरमा बसेका थिए ।

कोठामा सिटामोल लगायतका औषधि भेटिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

माघ १३, २०७८ बिहीबार ०९:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।