बस २० मिटर तल खस्दा ८ जना घाइते

बैतडी : ३२ यात्रु सवार बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। पाटन–पञ्चेश्वर सडक खण्डअन्तर्गत ना ७ ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ रौतगाउँमा बिहीबार बिहान ६ बजे दुर्घटनामा परेको हो।
मेलौली–६ का कमलापति भट्ट, मेलौलीकै मनीषा चन्द, दुर्गादत्त भट्ट, शिवनाथ गाउँपालिकाकी सुशीला चन्द, शिवनाथकै जनक औजी, रामसिंह साउँद, कञ्चनपुरको बेदकोट नगरपालिका दैजीकी पूजा भट्ट र बारा घर भएका सिराज अन्सारी घाइते भएका हुन्।
घाइतेलाई उपचारका लागि डडेलधुरा जिल्ला अस्पताल पठाइएको छ। महेन्द्रनगरदेखि मेलौलीतर्फ गइरहेको पवनदुत यातायातको बस सडकबाट २० मिटर तल खसेको छ। बस चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का वीरेन्द्र लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
माघ १३, २०७८ बिहीबार ०९:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।