कोभिड–१९ महामारीबीच भारतले मनायो ७३औं गणतन्त्र दिवस

नयाँदिल्ली : भारतले पर्याप्त सुरक्षा उपस्थिति र कोभिड–१९ नियम पालना गर्दै बुधबार ७३औं गणतन्त्र दिवस मनाएको छ।
नयाँदिल्लीको राजपथमा आयोजना गरिएको गणतन्त्र दिवसको मुख्य समारोहमा उपस्थित भएर राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रिय झण्डा फहराएपछि राष्ट्रिय गान बजाएर समारोहको उद्घाटन गरिएको हो।
यस परम्पराअनुसार परेडको सुरुवातलाई चिनाउन २१ तोपको सलामी पनि दिइएको थियो ।
कोभिड–१९ महामारीको तेस्रो लहर चलिरहेको अवस्थामा यस वर्ष गणतन्त्र दिवसको परेड कार्यक्रममा पाँच हजार जनाको समूहमा मात्र उपस्थित गराइएको थियो।
पूर्ण खोप लगाएका वयस्क तथा १५ वर्षभन्दा माथिका किशोरकिशोरीलाई मात्र कार्यक्रममा सहभागी हुन अनुमति दिइएको थियो।
गणतन्त्र दिवस समारोहमा गत वर्ष जस्तै यस बर्ष पनि महामारीका कारण कसैलाई प्रमुख अतिथि बनाइएको थिएन।
भारतले प्रमुख अतिथिको रूपमा यस समारोहमा उपस्थित हुन उत्सवको क्रममा प्रत्येक वर्ष विदेशी मुलुकका राष्ट्र प्रमुखलाई बोलाउने गरिए पनि महामारीका कारण यस वर्ष पनि यो परम्परालाई निरन्तरता नदिइएको हो।
अधिकारीहरूका अनुसार दिल्लीमा कुनै अप्रिय घटना नहोस् भनेर प्रहरी र अर्धसैनिकका विशाल सेनाको रूपमा पर्याप्त सुरक्षाकर्मीलाई तैनाद् गरिएको थियो।
-सिन्ह्वा
माघ १३, २०७८ बिहीबार ०८:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।