एक करोड ६३ लाखको सामान सहित ट्रक चालक पक्राउ

एक करोड ६३ लाखको सामान सहित ट्रक चालक पक्राउ

वीरगञ्ज : राजस्व छलेर भारतबाट भित्र्याइएको एक करोड ६३ लाख रुपैयाँ बराबरको सामान पर्सा प्रहरीले बरामद गरेको छ।

बिल-बिजकभन्दा बढी खुद्रा सामान लोड गरी वीरगञ्जबाट बुटवलतर्फ लग्दै गरेको अवस्थामा एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।

वीरगञ्ज महानगरपालिका–८ भारतीय राजदूतावास चोक अगाडिको सडकबाट प्रहरीले ना४ख ८३३४ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 
 
सो क्रममा ट्रक चालकलाई समेत नियन्त्रणमा लिइएको र चालकसहित ट्रकलाई आवश्यक कारबाहीका लागि बुधबार राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो । 

निकुञ्जमा बाघ गणनाका क्यामरा हराए

बाघ गणनाका लागि पर्सा राष्ट्रिय निकुञ्जमा जडान गरिएका मध्ये नौ क्यामरा हराएका छन् । कर्मचारीका अनुसार निकुञ्जमा जडान गरिएका २३ क्यामरामध्ये नौ क्यामरा हराएका हुन् । राष्ट्रिय बाघ गणनाका लागि देशभरका राष्ट्रिय निकुञ्जमा क्यामरा जडान गरिएको छ । 

जगङ्लभित्र जडान गरिएका क्यामरामा दैनिक संरक्षणकर्मीले चिप्स तथा ब्याट्री फेर्दै आएकामा हाल ति स्थानमा क्यामरा नभेटिएपछि चोरी भएको हुनसक्ने अनुमान कर्मचारीको छ ।

माघ १३, २०७८ बिहीबार ०८:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।