राष्ट्रिय सभा निर्वाचन : कांग्रेस उम्मेदवार बस्नेत गोलाप्रथाबाट निर्वाचित

विराटनगर : प्रदेश १ को राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार गोपाल बस्नेत गोलाप्रथाबाट निर्वाचित भएका छन्।
पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बस्नेतले प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवार गुरु बराललाई पराजित गरेका हुन्।
दुवै उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथा गरिएको थियो। दुवै उम्मेदवारले ४ हजार ४ सय ८८ मत ल्याएका थिए।
माघ १२, २०७८ बुधबार १९:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।