राष्ट्रिय सभा निर्वाचन : लुम्बिनी प्रदेशमा सत्ता-गठबन्धनका तीनै जना उम्मेदवार विजयी

दाङ : राष्ट्रिय सभा निर्वाचनमा लुम्बनी प्रदेशबाट सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन्।
सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी भएका हुन्।
मतपरिणाममा गठबन्धनका उम्मेदवारले ४३७४ मतभार पाएका छन् भने नेकपा एमालेका उम्मेदवारका पक्षमा ३३१२ मतभार पुगेको छ।
नेकपा एमालेका रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनार पराजित भएङ्का छन्। लुम्बनी प्रदेशमा प्रदेश सभा सदस्य ८१ र १०७ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेका थिए।
पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवारले ४ हजार ३ सय ७४ मतभार प्राप्त गरेका छन् भन् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवारले २ हजार ३ सय १२ मत पाएका छन्।
माघ १२, २०७८ बुधबार १७:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।