२५ घन्टामा ८४५४ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

२५ घन्टामा ८४५४ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टायता ८ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आजै ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

२० हजार ३ सय ५९ नमुना परीक्षण गर्दा ८ हजार ४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज ४ हजार ४ सय ३३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। 

माघ १२, २०७८ बुधबार १६:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।