चुनावका लागि संविधान र ऐनको व्यवस्था बाझिएको जिकिर गर्नु राजनीतिक बेइमानी : विवेकशील पार्टी 

चुनावका लागि संविधान र ऐनको व्यवस्था बाझिएको जिकिर गर्नु राजनीतिक बेइमानी : विवेकशील पार्टी 

काठमाडौँ : नेपाल विवेकशील पार्टीले तत्काल स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ। विवेकशीलका प्रवक्ता विजयबाबु सिवाकोटीले विज्ञप्ति निकालेर स्थानीय निर्वाचनलाई आफ्नो सत्ता यात्रालाई सहज बनाउने साधनको रूपमा नलिन भनेका छन्।

विज्ञप्तिमा संविधान र स्थानीय तह निर्वाचन ऐनको व्यवस्था बाझिएकाले ऐन संशोधन गर्नुपर्ने जिकिर राजनीतिक बेइमानी हुने लेखिएको छ।

‘आफ्नो क्षणिक राजनीतिक लाभको लागि खेलका नियम नै परिवर्तन गर्न खोज्नु र त्यसलाई कानुनी वैधता दलको नुनको सोझो गर्ने कानुन व्यवसायीहरूबाट गराउन खोज्नुले लोकतान्त्रिक तथा सङ्घीय व्यवस्था संस्थागत हुने दिशातर्फ देश अगाडि नबढ्ने प्रस्ट सङ्केत हो,’विज्ञप्तिमा लेखिएको छ,‘केपी ओलीको अधिनायकवाद विरुद्ध लड्दा नागरिकको ठुलो पङ्क्तिले दिएको साथबाट बनेको गठबन्धन सरकारले यस्तो गतिविधि गर्नु लोकतन्त्रलाई संस्थागत गराउने भनी गरेको प्रतिबद्धताप्रति भद्दा ठट्टा हो।’ 

समयमा निर्वाचनका लागि सरकारलाई खबरदारी गर्न विवेकशील पार्टीले आह्वान पनि गरेको छ।

माघ १२, २०७८ बुधबार १३:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।