लुम्बिनीका प्रदेश सांसद चढेको गाडी दुर्घटना

बुटवल : लुम्बिनी प्रदेशका सांसद चढेको गाडी दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
बा २ झ ३४४४ नम्बरको स्कार्पियोलाई सुदूरपश्चिम–०१–००–११ १ ख २५८४ नम्बरको ट्रकले ठक्कर दिँदा प्रदेश सांसद तुलसी चौधरी र रुपन्देहीको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष शान्तिदेवी ज्ञवाली घाइते भएका हुन्।
गाडीमा चढेका प्रदेश सांसद सुनिता ठठेर र सुद्धोधन गाउँपालिकाका अध्यक्ष किसनचन्द्र चौधरी भने सामान्य रहेका एमाले लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए।
राष्ट्रियसभा सदस्यको मतदानका लागि उनीहरू स्कारपियोमा दाङ जाँदै थिए। स्कारपियो कपिलवस्तुको धानखोला र दाङको भालुबाङकोबीचमा पर्ने कालाकाटेमा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो।
घाइते चौधरी र ज्ञवाली पनि प्राथमिक उपचार पछि मतदानको लागि दाङ गएको र मतदान पछि थप उपचारको लागि अस्पताल लैजाने तयारी रहेको ढकालले जानकारी दिए।
माघ १२, २०७८ बुधबार १२:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।