आज सार्वजनिक हुँदै जनगणनाको प्रारम्भिक नतिजा  

आज सार्वजनिक हुँदै जनगणनाको प्रारम्भिक नतिजा  
फाइल तस्बिर

काठमाडौं : राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा आज बुधबार सार्वजनिक हुँदै छ।

केन्द्रीय तथ्याङ्क विभागले कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म गरेको मुख्य जनगणनाको प्रारम्भिक नतिजा बिहान सवा १० सार्वजनिक गर्न लागेको जनाएको छ। 

राष्ट्रिय योजना आयोगको कार्यालयमार्फत भर्चुअल पत्रकार सम्मेलन गरी प्रारम्भिक नजिता सार्वजनिक गर्ने विभागले जानकारी दिएको छ।

प्रारम्भिक नतिजामा नेपालमा जम्मा परिवार सङ्ख्या, महिला र पुरुषसहित जम्मा जनसङ्ख्या र विदेशमा रहेका नेपालीको जनसङ्ख्या सार्वजनिक गरिनेछ। 

 

माघ १२, २०७८ बुधबार ०८:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।