सुदूरपश्चिमका केही ठाउँमा वर्षा

काठमाडौं : देशभरको मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले निकालेको मौसम बुलेटिन अनुसार सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा अहिले हल्का वर्षा भइरहेको छ।
दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने अनुमान विभागले गरेको छ। विभागले देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।
शुक्रबारसम्म नै देशभरको मौसम बदली रहने अनुमान विभागले गरेको छ। विभागले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध पनि गरेको छ।
माघ १२, २०७८ बुधबार ०७:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।