औषधी वितरणको प्रतिवेदन पेस गर्न सरकारलाई सर्वोच्चको आदेश

सर्वोच्चले सरकारबाट वितरण भएको औषधीको विवरण प्रतिवेदन लिएर माघ १७ गते छलफलका लागि अदालतमा उपस्थिति हुन महान्यायाधिवक्ताको कार्यालयलाई भनेको छ।
कोरोनाको उपचारका लागि आवश्यक पर्ने सिटामोल र प्यारासिटामोलसहितको अन्य औषधी तत्काल सहज वितरणको विशेष प्रबन्ध मिलाउन सरकारलाई सर्वोच्चले आदेश दिएको छ।
न्यायाधीश मनोज कुमार शर्माको एकल इजलासले अति आवश्यक औषधी तत्काल सहज वितरणको विशेष प्रबन्ध मिलाउन सरकारलाई आदेश दिएको हो।
टिकाबहादुर कुँवरले देशभरका अस्पताल र औषधी पसलहरूमा अति आवश्यक औषधी सहज रूपमा नपाइएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
माघ ११, २०७८ मंगलबार २२:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।