केएमसी र नोबेल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न आठ विद्यार्थी सङ्गठनको माग

आइतबार मेडिकल कलेजमा तालाबन्दी गरेका विद्यार्थी सङ्गठनले सोमबार काठमाडौँ विश्वविद्यालय र माघ ११ गते जिल्ला प्रशासन कार्यालयसँग छलफल गर्ने संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ।
विद्यार्थीहरूको जायज मागको सम्बोधन र सबै मेडिकल कलेजका विद्यार्थीहरूको सहज पठनपाठनको वातावरण नबनेसम्म काठमाडौँ मेडिकल कलेज र नोबेल मेडिकल कलेजको भर्ना प्रक्रिया र पठनपाठन स्थगन गर्न पनि माग गरेका छन्।
विद्यार्थी सङ्गठनहरूले दुवै मेडिकल कलेजको सम्बन्धन खारेज गरेर विद्यार्थीलाई वैकल्पिक अध्ययनको व्यवस्था गर्न पनि भनेका छन्।
नेपाल विद्यार्थी सङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियनसहित आठ विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचनको गृहकार्य र आवश्यक प्रक्रिया सार्वजनिक गर्न त्रिवि प्रशासनसँग माग गरेका छन्।
माघ १०, २०७८ सोमबार १५:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।