त्रिभुवन विश्वविद्यालयमा मंगलबारदेखि अनलाइन कक्षा

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले मंगलबारदेखि अनलाइन माध्यमबाट पढाउने जनाएको छ।
कोरोना महामारीका कारण क्याम्पस/स्कुल/ विभागका कक्षाहरू भौतिक रूपमा सञ्चालन हुन नसक्ने विश्वविद्यालयले जानकारी दिएको छ।
विश्वविद्यालयले सूचना निकालेर माघ ११ गतेदेखि सबै सैद्धान्तिक कक्षाहरू अनलाइनको माध्यमबाट सञ्चालन गर्ने त्रि.वि.कार्यकारी परिषद्बाट निर्णय भएको जानकारी दिएको हो।
डीन कार्यालयका सहायक डीन डा.सुरेन्द्रकुमार गौतमको संयोजकत्वमा गठित अनलाइन कक्षा अनुगमन समितिलाई आवश्यक विवरण तथा अनलाइन कक्षाको लिङ्क समेत उपलब्ध गराउन त्रि.बि.ले भनेको छ।
माघ १०, २०७८ सोमबार १५:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।