कैलालीमा ट्रकमा हायस ठोक्किँदा १६ जना घाइते

धनगढी : कैलालीको गोदावरीमा रोकिराखेको ट्रकमा हायस ठोक्किँदा १६ जना घाइते भएका छन्।
पाठक पेट्रोल पम्पनजिकै रोकिराखेको ना ४ ख १९१५ नम्बरको ट्रकमा सु.प.प्र ०२ ००१ ख ११६६ नम्बरको हायस ठोक्किँदा १६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार घाइते १६ मध्ये १४ जनाको अवस्था सामान्य छ। घाइतेहरूको धनगढीस्थित माया मेट्रो हस्पिटल र अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ।
ट्रक नियन्त्रणमा रहे पनि चालक भने फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
माघ १०, २०७८ सोमबार १३:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।