मालपोत कार्यालय धुलिखेलको सेवा बन्द 

मालपोत कार्यालय धुलिखेलको सेवा बन्द 

काभ्रे : मालपोत कार्यालय धुलिखेलले पाँच दिनका लागि सेवा बन्द हुने जनाएको छ।

केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालयको सेवा पाँच दिनका लागि बन्द गरिएको मालपोत कार्यालय धुलिखेल काभ्रेले जनाएको छ। 

कार्यालयको आन्तरिक प्रशासनिक भने सञ्चालन हुनेछ। कोरोना सङ्क्रमण दर वृद्धि हुँदै गएपछि काभ्रेपलान्चोक जिल्ला प्रशासनले सार्वजनिक स्थलमा भिडभाड नगर्न, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा अनिवार्य मास्क लगाउन र काम परेर बाहिर निस्कँदा अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्रै हिँडडुल गर्न आग्रह गरेको छ। 

माघ १०, २०७८ सोमबार १२:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।