जमलमा राष्ट्रिय पुस्तकालय भवन बनाउन खुल्यो टेन्डर 

जमलमा राष्ट्रिय पुस्तकालय भवन बनाउन खुल्यो टेन्डर 

काठमाडौँ : काठमाडौँको जमलमा नेपाल राष्ट्रिय पुस्तकालयको भवन बनाउन टेन्डर आह्वान भएको छ।

राष्ट्रिय पुस्तकालयले सूचना निकालेर भवन निर्माणका लागि टेन्डर आव्हान गरेको हो। निर्माण कम्पनीले ३० दिनसम्म टेन्डरको निवेदन दिन सक्ने पुस्तकालयका प्रमुख दशरथ मिश्रले बताए। 

टेन्डरको निवेदन दिन निर्माण  कम्पनीको टर्नओभर ५४ करोड १४ लाख ५ हजार हुनुपर्ने छ। सेक्युरिटी भने २ करोड ९ लाख ३४ हजार ५ सय राख्नुपर्नेछ। टेन्डर परिसकेपछि २ वर्ष भित्र बनाइसक्नुपर्नेछ। 

मिश्रका अनुसार ७४ करोडको हाराहारीमा भवन बन्ने छ। २०७२ को भूकम्प पछि पुस्तकालय रहेको साबिकको हरिहर भवन ध्वस्त भएको थियो। अहिले नेपाल राष्ट्रिय पुस्तकालय अस्थायी रूपमा मानव स्रोत तथा विकास केन्द्र सानोठिमी भक्तपुरमा रहेको छ।

सम्बन्धित समाचार

माघ १०, २०७८ सोमबार ११:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।