कैलालीमा श्रीमतीको हत्या गरेर श्रीमान् फरार

कैलालीमा श्रीमतीको हत्या गरेर श्रीमान् फरार

धनगढी : कैलालीको गोदावरी नगरपालिकामा श्रीमतीको हत्या गरी फरार भएका परशुराम रोक्का मगरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

श्रीमती भावना रोक्का मगरको हत्या गरी फरार भएका परशुरामको खोजी भइरहेको प्रहरी प्रमुख विश्व अधिकारीले बताए।

उनका अनुसार घर झगडाकै बेला रोकामगरले आफ्नी श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

माघ १०, २०७८ सोमबार १०:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।