पुरानो बसपार्कमा फरक क्षमता भएका व्यक्ति चढ्ने र ओराल्ने छुट्टै ठाउँ

काठमाडौँ : काठमाडौँको पुरानो बसपार्कमा फरक क्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारी साधनमा सहज पहुँच र सुविधाका लागि चढ्ने र ओराल्ने ठाउँको व्यवस्था गरिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
महाशाखाले पुरानो बसपार्कमा ‘फरक क्षमता भएका व्यक्तिहरूलाई मात्र चढाउने र ओराल्ने ठाउँ’ लेखिएको बोर्ड पनि राखेको छ।
महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक उमेशराज जोशीले फरक क्षमता भएकाहरूको जीवन सहज बनाउन अझै यस्ता सवारी र अपाङ्गतामैत्री व्यवस्था थप्दै जाने बताए।
ट्राफिक महाशाखाले सार्वजनिक सवारी साधनका चालक सहचालक तथा यात्रुलाई तोकिएको स्थानबाट मात्रै पिक एन्ड ड्रप गर्न पनि अनुरोध गरेको छ।
माघ १०, २०७८ सोमबार १०:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।