राष्ट्रिय सभा सदस्य निर्वाचनको मौन अवधि सुरु

काठमाडौं : निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको जनाएको छ।
आयोगका अनुसार मौन अवधिको समयमा एसएमएस र सामाजिक सञ्जालबाट उम्मेदवारले भोट माग्न पाउँदैनन्। मौन अवधिको समयमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नपाइने आयोगले जनाएको छ।
उम्मेदवार र राजनीतिक दलहरूको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण नगर्न आयोगले भनेको छ।
आयोगले निर्वाचनमा भाग लिने मतदाताहरूलाई मतदाता सूचीमा आफ्नो नाम भए/नभएको यकिन गर्न पनि अनुरोध गरेको छ। राष्ट्रिय सभाको १९ सदस्यका लागि ४३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
माघ १०, २०७८ सोमबार ०८:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।