साउदी अरबमा अलपत्र ६ नेपाली श्रमिक मंगलबार नेपाल फर्कने 

साउदी अरबमा अलपत्र ६ नेपाली श्रमिक मंगलबार नेपाल फर्कने 
तस्बिर : श्रम मन्त्रालय

काठमाडौं : साउदी अरबको जेद्धामा बिरामी भएर अलपत्र परेका जाजरकोटका आइस रानालाई नेपाल फर्काउन नेपाली दूतावासले पहल गरेको छ।

नेपाली दूतावासले आइतबार इमिग्रेसनलाई पत्राचार गरेको नेपाली काउन्सिलर शत्रुधन पोखरेलले जानकारी दिए। रानाको अवस्था अहिले सामान्य रहेको पोखरेलले बताए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले चासो लिएपछि आइतबार नेपाली दूतावासका कर्मचारी र श्रम सहचारीसहितको टोलीले बिरामी रानालाई उपचारका लागि स्थानीय अस्पतालमा लगेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। 

राना सहित जेद्धामा अलपत्र परेका आठ जना नेपाली श्रमिकमध्ये एक जना नेपाल फर्किसकेका छन्। अन्य छ जना मंगलबार नेपाल फर्कनेछन्। रानाको पुलिस केस भएकोले एक्जीट भिसाको लागि समय लाग्ने नेपाली दूतावासले जनाएको छ। 

 

माघ १०, २०७८ सोमबार ०७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।