पेट्रोलियम पदार्थको मूल्य घटाउन माग

काठमाडौं : सुशील कोइराला सोसलिष्ट युथ सर्कलले नेपाल आयल निगम समक्ष पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन माग गरेको छ।
कोरोना कहरका कारण जनताको आयस्तरमा कमी आइरहेको परिस्थितिमा दैनिक उपभोग्य वस्तुहरुमा भएको मुल्य वृद्धिले झनै मर्का परेको सर्कलले बताएको छ।
त्यसमा पनि लगातारको पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले जनताको ढाड सेकेको सर्कलको भनाइ छ।
निगमका कार्यकारी निर्देशक सुशील भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै सर्कलले यदि पेट्रोलियम पदार्थको मूल्य तत्काल नघटाए आन्दोलन गर्ने बाध्य हुने चेतावनी समेत दिएको छ।
माघ ९, २०७८ आइतबार १४:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।