पत्रकार विश्वकर्माको निधनको छानबिन गर्न सिभिल अस्पतालद्वारा समिति गठन

काठमाडौंः पत्रकार एलबी विश्वकर्माको निधनको सन्दर्भमा पत्रकार महासंघले छानबिन गरिरहेको छ। महासंघको छानबिन चलिरहेका बेला सिभिल अस्पतालले पनि समिति गठन गरेर घटनाको छानबिन गर्ने भएको हो।
अस्पतालका इमरजेन्सी विभाग प्रमुख दिनेशकुमार लम्सालको सञ्योजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको छ। उपसचिव कृष्ण सापकोटा, शाखा अधिकृत भोषराज घिमिरे र क्यास काउन्टर प्रमुख भेषबहादुर बस्नेत समिति सदस्य रहेका छन्।
माघ ९, २०७८ आइतबार १४:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।