गाई काटेको अभियोगमा दुई जना पक्राउ

गाई काटेको अभियोगमा दुई जना पक्राउ

रोल्पाः प्रहरीले गाई काटेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। जिल्लाको सुनील स्मृति गाउँपालिका-८ अरेश धाराखर्क बस्ने २९ वर्षीय दुर्गा पुनमगर र ४१ वर्षीय वल बहादुर पुनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो। 

उक्त स्थानमा गाई काटी खाइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनीहरूको घर जाँचगर्दा दुवैको घरबाट ४/४ केजी मासु फेला पारेको थियो।

यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

माघ ९, २०७८ आइतबार १३:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।