यी हुन् सशस्त्रमा उत्कृष्ट काम गरेका प्रहरी अधिकृत र कार्यालय

यी हुन् सशस्त्रमा उत्कृष्ट काम गरेका प्रहरी अधिकृत र कार्यालय
तस्बिर : पर्दाफासडटकम

काठमाडौँ : सशस्त्र प्रहरी बलले सङ्गठन स्थापनाको २१ औँ दिवस पारेर केन्द्रीय कार्यालय र काठमाडौँ उपत्यकाका इकाइहरुका वर्षभरिमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी अधिकारीको नाम घोषणा गरेको छ।

सङ्गठनका अनुसार केन्द्रमा डिएसपी सुमनजंग थापा, डिएसपी सुमन बोगटी, डिएसपी रविन भुजेल, प्रहरी निरीक्षक शैलेन्द्र थापा, सुवर्ण पोखरेल र गान्धर कुमार चौलागाईं कार्यसम्पादनमा उत्कृष्ट भएका छन्।

सशस्त्र प्रहरी बलको मधेस प्रदेश महोत्तरीको छिन्नमस्ता बाहिनी मुख्यालय  उत्कृष्ट भएको छ। बलको चितवनको कुरिनटारस्थित नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय उत्कृष्ट भएको छ।

रिजर्भ सहित ४६ गणमध्ये कपिलवस्तुस्थित २८ नम्बर गण हेडक्वार्टर उत्कृष्ट भएको छ।

सशस्त्र प्रहरी बलको ४४ गुल्ममध्ये तेह्रथुमको म्याङ्लुङस्थित ३ नम्बर गुल्म उत्कृष्ट भएको छ। १२९ बीओपीमध्ये झापाको टाघनडुब्बास्थित बोर्डर आउट पोस्ट उत्कृष्ट भएको छ।

कोरोना सङ्क्रमणका कारण स्थापना दिवस सीमित अधिकारीबिच हलचोकमा मनाइदैछ।

माघ ९, २०७८ आइतबार १३:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।