सीता दाहाल कोरोना सङ्क्रमित, आईसीयूमा उपचार हुँदै

सीता दाहाल कोरोना सङ्क्रमित, आईसीयूमा उपचार हुँदै

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल कोरोना सङ्क्रमित भएकी छिन्। प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार दुई दिनअघिको पीसीआर परीक्षणमा उनमा सङ्क्रमण पाइएको थियो।

हाल उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य सुधारोन्मुख भए पनि उनी यतिबेला आईसीयूमा उपचाररत छिन्।

उनी लामो समयदेखि पार्किन्सन पीडित पनि हुन्। उनलाई थप केही दिन अस्पतालमा नै राखेर उपचार गरिने बताइएको छ 
 

माघ ९, २०७८ आइतबार १२:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।