ओली दम्पत्तिलाई कोरोना सङ्क्रमण पुष्टि

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। शनिबार गरिएको पीसीआर परीक्षणमा उनी पोसेटिभ देखिएका छन्।
त्यसअघि गरिएको एन्टिजेन परीक्षणमा पनि उनी पोसेटिभ देखिएका थिए। हाल उनी बालकोटस्थित निवासमा आईसोलेशनमा छन्। उनमा सामान्य जिउ दुख्ने र खोकी लाग्ने लक्षण रहेको छ।
उनलाई कोरोना सङ्क्रमण भएपछि एमालेको पूर्वनिर्धारित पत्रकार सम्मेलनमा स्थगित भएको छ।
यता उनीसँगै श्रीमती राधिका शाक्य पनि सङ्क्रमित भएकी छिन्।
माघ ९, २०७८ आइतबार ११:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।