अफगानिस्तानमा मिनिभ्यानमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु

सोही घटनामा ९ जना घाइते भएका छन्। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। विस्फोटको के कारणले गराइयो भन्ने स्पष्ट जानकारी भने प्राप्त नभएको त्यहाँका अधिकारीहरूले बताएका छन्।
विस्फोट सार्वजनिक सवारीमा प्रयोग भएको भ्यानमा गराइएको हो। गत अगस्ट महिनामा तालिबानले सत्ता कब्जामा लिएपछि श्रृङ्खलाबद्ध बम विस्फोट र हमला भइरहेको छ। केही घटनामा इस्लामिक स्टेटको पनि संलग्ना पाइएको छ।
माघ ९, २०७८ आइतबार ०९:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।