तराईमा हुस्सु र कुहिरो, केही ठाउँमा हल्का वर्षा 

तराईमा हुस्सु र कुहिरो, केही ठाउँमा हल्का वर्षा 

काठमाडौं : पश्चिमी न्यूनचापिय प्रणालीको प्रभावले देशको पश्चिमी क्षेत्रको मौसम बदली भएको छ।

तराईका जिल्लामा हुस्सु र कुहिरो लागेको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने अनुमान विभागले गरेको छ। 

देशभर चिसो अझै बढ्ने क्रममा रहेको मौसमविद् गङ्गा नगरकोटीले बताइन। शनिबार बिहानको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस मापन गरिएको छ।

पश्चिमी न्यूनचापिय प्रणालीको प्रभावका कारण मौसम बदली हुने र चिसो अझै बढ्ने क्रममा रहेको नगरकोटीले बताइन।

विभागले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध पनि गरेको छ। 

माघ ८, २०७८ शनिबार ०७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।