अझै केही दिन मौसममा सुधार नहुने

अझै केही दिन मौसममा सुधार नहुने

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले नेपालमा अझै केही दिन मौसम सुधार नहुने जनाएको छ। न्यून चापीय प्रणालीको प्रभाव परेकाले केही दिन मौसम बदली रहने भएको हो।

शनिबार बिहानदेखि पश्चिम नेपालबाट पश्चिमी न्यून चापीय प्रणालीको प्रवेश हुने र त्यसको प्रभावले शनिबार, आइतबार र सोमबार सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती तथा प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।

माघ ७, २०७८ शुक्रबार २१:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।