प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै, स्थानीय तह निर्वाचनबारे छलफल हुने

प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै, स्थानीय तह निर्वाचनबारे छलफल हुने

काठमाडौंः प्रधानमन्त्री निवास बालुवाटारमा भोलि शनिबार बिहान ९ बजे सर्वदलीय बैठक बस्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका हुन्। 

भोलिको बैठकमा स्थानीय तहको निर्वाचनबारे छलफल हुनेछ। शुक्रबार साँझ बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले स्थानीय तह निर्वाचनबारे कानून विज्ञसँग छलफल गर्ने निर्णय गरेको थियो। सोही अनुरूप कानून विज्ञसँग छलफल गर्नुअघि देउवाले सर्वदलीय बैठक बोलाएका हुन्।

यता प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बैठकमा सहभागी हुने/नहुनेबारे स्पष्ट बताएको छैन। एमालेले नेकपा एकीकृत समाजवादी सहभागी भएको हरेक बैठक बहिष्कार गर्दै आएको छ।

माघ ७, २०७८ शुक्रबार २१:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।