भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक

भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक

काठमाडौंः सरकारले भिजिट भिसामा खाडि मुलुक तथा मलेसिया जान रोक लगाएको छ। यही माघ १० गतेदेखि लागू हुनेगरी सरकारले भिजिट भिसामा ती मुलुक जान प्रतिबन्ध लगाएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए। 

नेपालीहरू विभिन्न उद्देश्यले भिजिट भिसामा खाडी र मलेसिया पुग्ने गरेको र त्यहाँ पुगेर विचल्लीमा पर्ने गरेकाले गृह मन्त्रालयले रोक लगाएको हो। 

कोरोना महामारी यता दुबई, कतारलगायतका मुलुकमा भिजिट भिसामा गएर काम गर्ने नेपालीको सङ्ख्या बढिरहेको छ।

माघ ७, २०७८ शुक्रबार २०:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।