स्याउला काट्न जाँदा रुखले च्याप्दा एक जनाको मृत्यु

स्याउला काट्न जाँदा रुखले च्याप्दा एक जनाको मृत्यु

दाङः जिल्लाको देउखुरीमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा गढवा गाउँपालिका–२ पचहिया निवासी ३३ वर्षीय सन्तोष यादव रहेका छन्।

शुक्रबार बिहान साढे सात बजे घर नजिकैको जङ्गलमा स्याउला काट्न रुख चढेका यादव एक्कासि रुख ढल्दा च्यापिएका थिए। उनलाई अस्पताल लैजाने तयारी चल्दैगर्दा उनको मृत्यु भएको हो। सन्तोषका दाजु स्वामी यादवले भाइलाई रुखले च्यापेको देखेपछि उपचारका लागि अस्पताल लैजाने तयारी गरेका थिए।

यादवको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

माघ ७, २०७८ शुक्रबार २०:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।