चितुवाको छाला, दाँत र हातहतियारसहित पक्राउ

थापाले अवैध रूपमा वन्यजन्तुको छाला घरमा लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा चितुवाको जस्तो देखिने छाला एक थान, दुई वटा दाह्रासहितको दाँतको भागको टुक्रा र दुई नाले कार्तुस बन्दुकसहित उनलाई पक्राउ गरिएको हो।
यस्तै सोही बन्दुकमा लाग्ने प्रयोग भइसकेको खाली खोका ४५ थान, धातुका छर्रा एक सय ९१ थान, बारुद तीन सय १५ ग्राम, धातुका सानो छर्रा एक सय ५० ग्राम, छर्रा बनाउन प्रयोग हुने सिसाको धातुको विभिन्न आकारको डल्लो पदार्थ दुई किलो नौ सय पाँच ग्राम र सानो पटाका रहेको रातो रंगको पत्ता एक थान पनि बरामद भएको छ।
उनीउपर जिल्ला अदालत कास्कीबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
माघ ७, २०७८ शुक्रबार १७:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।