मेलम्चीको पानी यसै वर्षभित्र, पाँचदेखि ११ वर्षका बालबालिकालाई पनि खोपको व्यवस्था

गत असारको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मर्मत गरी यस वर्ष नै काठमाडौंमा पानी ल्याइने उनले बताएका हुन्। सरकार सञ्चालनको ६ महिना पुगेको अवसरमा उनले सरकारको समीक्षा र भावी योजनाबारे राष्ट्रको नाममा सम्बोधन गरेका हुन्।
यहीक्रममा उनले पाँचदेखि ११ वर्ष उमेरका बालबालिकालाई कोरोनाविरुद्धको खोपको व्यवस्था गरिने पनि बताएका छन्।
यस्तै रासायनिक मल खरिद प्रक्रिया अघि बढाएको,धान र उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरिएको, कोरोना रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारबीच समन्वय बनाइएको, प्रदेश र स्थानीय तहका सरकारलाई सबलीकरण गर्न उच्च प्राथमिकता दिएको लगायत आफ्नो नेतृत्त्वको सरकारले गरेका कामहरू पनि उनले सम्बोधनमा उल्लेख गरेका छन्।
माघ ७, २०७८ शुक्रबार १७:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।